वडाध्यक्षमा जितेको ३ दिनपछि मतपेटिका फेला, फेरि गणना गर्दा उम्मेद्वारको मत बराबर
वि.सं.२०७९ जेठ ५ बिहीवार
2.1K
shares
shares
काठमाडौं। महोत्तरीको बर्दिवास नगरपालिका वडा नम्बर ८मा विजयी घोषणापछि भेटिएको मतपेटिका गणना गर्दा वडाध्यक्षको मत बराबर पाइएको छ।
एउटा मतपेटिका चुनावी परिणाम सार्वजनिक भएको ३ दिनपछि फेला परेको बताइएको छ। बर्दिवास ८ मतगणना जेठ १ गते नै सम्पन्न भएको थियो।
सो मतगणनामा नेकपा माओवादी केन्द्रका उम्मेदवार शम्शेरसिं लामा ७ सय ५१ मत प्राप्त गरि वडाध्यक्षमा विजयी भएको घोषणा निर्वाचन कार्यालयले गरेको थियो। लामाका निकटतम प्रतिद्वन्द्वी एमालेका रुद्र किङरिङले ७ सय ४४ मत प्राप्त गरेका थिए।
लामा त्यसपछि आफ्नो आफ्नो वडा रहेको क्षेत्र हात्तिलेटमा विजयी जुलुस लगाउनेसहितको कार्यक्रम आयोजना गरेका थिए। तर छुटेको अर्को मतपेटिकाको जेठ ४ गते खोजी भयो। सो मतपेटिकामा ८४ वटा मत गन्दा लामा र किङरिङको मत बराबरी आएको छ।





























