धादिङ थाक्रे गाउँ पालिकाकोको अध्यक्षमा एमालेका आचार्य र उपाध्यक्षमा माओवादीका थापा विजयी
वि.सं.२०७९ जेठ ६ शुक्रवार
shares
धादिङ । धादिङको थाक्रे गाउँपालिकाको अध्यक्षमा नेकपा (एमाले)का उम्मेदवार रामकुमार आचार्य विजयी भएका छन् । उनी १० हजार ३ सय ५५ मत प्राप्त गरी विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार रामप्रसाद विडारीले ८ हजार १ सय १६ मत प्राप्त गरे ।
गाउँपालिकाको उपाध्यक्षमा नेकपा (माओवादी केन्द्र)का उम्मेदवार यन्त्रबहादुर थापा विजयी भएका छन् । उनी ९ हजार ४ सय ३१ मत ल्याई विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी नेकपा (एमाले)का उम्मेदवार अम्बिका रुपाखेतीले ९ हजार ९१ मत प्राप्त गरिन् ।
थाक्रेका वडा नम्बर १ मा श्यामसुन्दर थापा,
वडा नम्बर २ मा टिकाराम तामाङ,
वडा नम्बर ३ मा विजय तामाङ,
वडा नम्बर ४ मा आसाराम तामाङ,
वडा नम्बर ५ मा सन्तबहादुर तामाङ
वडा नम्बर ६ मा हिराबहादुर थापा,
वडा नम्बर ७ मा युवराज खतिवडा,
वडा नम्बर ८ मा प्रेमकुमार थापा,
वडा नम्बर ९ मा श्यामचन्द्र आचार्य,
वडा नम्बर १० मा गोकुलप्रसाद लामिछाने र
वडा नम्बर ११ मा शुदर्शन पाण्डे अध्यक्ष निर्वाचित भएका छन् ।





























