बिर्तामोडमा प्रमुख र उप्रमुखमा एमाले विजयी

1.9K
shares

झापा । बिर्तामोड नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेकपा (एमाले) विजयी बनेको छ।

प्रमुखमा पवित्रा महतरा र उपप्रमुखमा नगेन्द्र सङ्ग्रौला विजयी बनेकी हुन।

महतराले नेपाली कांग्रेसका भोजराज सिटौलालाई तीन हजार ७५८ मतले पराजित गरेका छन। उनले १६ हजार ५२० मत प्राप्त गरेका छन् भने सिटौलाको १२ हजार ७६२ मत मात्र आएको छ।

यसैगरी उपप्रमुखमा सङ्ग्रौला १५ हजार ५८६ मत प्राप्त गरी विजयी बनेकी हुन। उनका निकटम् प्रतिस्पर्धी सिपी कडरियाले आठ हजार ४५१ मत प्राप्त गरेका छन।

यसअघिको कार्यकाल बिर्तामोडको उपप्रमुख रहनुभएकी महतरा जिल्लामा नगरपालिकाको प्रमुखमा निर्वाचित हुने पहिलो महिला बनेका छन।

civil hospital
Hams Hospitals