काठमाडौंमा बालेनले कटाए ३९ हजार मत, सिर्जना दोस्रो

1.9K
shares

काठमाडौं । काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाहले आफ्नो अग्रता अझै फराकिलो बनाएका छन्।

पछिल्लो मतपरिणाम अनुसार १ लाख ९ हजार ५ सय ३७ गणनामा शाहले ३९ हजार ६ मत पाएका हुन्।

उनले दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसका उम्मेदवार सिर्जना सिंहलाई १६ हजार ९ सय ३४ मतले पछि पारेका छन्। सिंहले २२ हजार ७२ मत पाएकी छन्।

यस्तै नेकपा एमालेका उम्मेदवार केशव स्थापितले २१ हजार ५ सय ७१ मत पाएका छन्। स्थापित सिंहभन्दा ५०१ मतले पछि परेका छन्।

civil hospital
Hams Hospitals