सिमेन्ट उद्योगलाई लक्षित गरेर विद्युत महसुल छुट गरिएको हो : मन्त्री शर्मा

21.4K
shares
Nabil bank

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले सिमेन्ट उद्योगलाई लक्षित गरेर विद्युत महसुल छुट गरिएको बताएका छन् । सोमबार अर्थमन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री शर्माले ठूलो मात्रामा सिमेन्ट निकासी गर्न सकिने बताउदै निर्यातलाई प्रोत्साहन गर्न महसुल घटाइएको बताए ।

 

उनले भने “नेपालमा चुनढुङ्गा प्रशस्त पाइन्छ । त्यसलाई क्लिङ्कर बनाएर सिमेन्ट उत्पादन गरेर निकासी गर्न सकिन्छ । त्यसले विशेषगरी सिमेन्ट उद्योगलाई तार्गेट गरेर विद्युत महसुलमा कर छुट गरेका छौँ ।”

 

सरकारले आगामी आर्थिक वर्षदेखी मासिक १० करोड रुपैयाँभन्दा बढीको बिजुली खपत गर्ने उद्योगलाई महसुलमा २ देखि १५ प्रतिशतसम्म महसुल छुट दिने व्यवस्था गरेको छ । उनले नेपालको अर्थतन्त्रमा ७० प्रतिशतभन्दा बढी निजी क्षेत्रको योगदान छ । निजी क्षेत्रलाई उत्पादनतिर उत्साहित गर्न बजेट केन्द्रित रहेको दाबीसमेत गरेका छन् ।

 

जनताको हातमुख जोर्ने, राष्ट्रलाई समृद्धिको बाटोमा डोर्याउने माध्यम बजेट भएको बताउँदै उनले आफूहरूले उत्पादन, आर्थिक बृद्धि, रोजगारी सिर्जना, गरिबीको अन्त्य, स्रोत साधनको परिचालनलगायतको विषयलाई मध्यनजर गरी बजेट ल्याएको मन्त्री शर्माले जिकिर गरे ।

 

अब १२ कक्षा पास गरेर निस्कने विद्यार्थीहरू व्यवसायी हुनेसमेत दाबी गरे । “स्वदेशी उद्योग, स्वदेशी उत्पादनलाई प्राथमिकता दिने हिसाबले बजेट ल्याइएको छ ” उनले भने “लघु उद्यमले रोजगारी सिर्जना गर्ने भएकोले हामीले स्टार्टअपका लागि, साना तथा मझौला उद्यम गर्नेहरूका लागि बजेटमार्फत सम्बोधन गरेका छौँ ।” बजेटमा छुटेका केही महत्वपूर्ण कुराहरूलाई सरकारले सकेसम्म सम्बोधन गर्नेसमेत उनले आश्वासन दिएका छन् ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x