मिस्टर एण्ड मिस टिन वर्ल्डको फर्स्ट रनर अपलाई ब्रिटिस कलेजले १५ लाखसम्मको छात्रवृत्ति दिने
वि.सं.२०७९ असार २१ मंगलवार
shares
काठमाडौं । मिस्टर एण्ड मिस टिन वर्ल्ड नेपालको दोश्रो संस्करण आयोजना हुने भएको छ । फेलिज इन्टरनेशनलले आयोजना गर्ने मिस्टर एण्ड मिस टिन वर्ल्ड नेपालको पहिलो संस्करण २०१७ मा आयोजना गरिएको थियो र विजेता मिस टिन वर्ल्ड नेपाल र मिस्टर टिन वर्ल्ड नेपालले ब्राजिलको साउ पाउलो मा २०१७ को नोभेम्बर १० देखी १६ सम्म आयोजना भएको मिस टिन वर्ल्ड तथा मिस्टर टिन वर्ल्डमा सहभागिता जनाउने मौका पाएका थिए ।
मिस्टर टिन वर्ल्ड नेपाल शिर्षक विजेता पंकज सिंह ठकुरी ब्राजिलमा फर्स्ट रनर अप भएका थिए भने मिस टिन वर्ल्ड नेपाल शिर्षक विजेता स्वस्ती बैद्यले बेष्ट स्माईल तथा बेष्ट नेसनल कस्ट्युम टाईटल हात पारेकी थिईन् । मिस्टर एण्ड मिस टिन वर्ल्ड नेपालको दोश्रो संस्करण थप विशेष हुने भएको छ, यस संस्करणका विजेताले टर्कीको इस्तानबुलमा हुने टप मोडल अफ युनिभर्समा प्रतिस्पर्धा गर्ने अवसर पाउने छन् भने यस प्रतियोगिताको नलेज पार्टनर द ब्रिटिस कलेजमा रु २० लाख रूपैया सम्मको छात्रवती प्राप्त गर्नेछन् ।
यस प्रतियोगीतामा पहिलो हुने प्रतिस्पर्धीले आयोजकका तर्फबाट नगद पुरस्कार रू १ लाख तथा विभिन्न उपहारहरू समेत प्राप्त गर्नेछन् भने फर्स्ट रनर अप तथा सेकेण्ड रनर अपले व्रिटिस कलेज बाट १५ लाख रुपैयाँसम्मको छात्रवृती तथा सम्पूर्ण सहभागिले पहिलो बर्षका लागि पचास प्रतिशत छात्रबृत्ती प्राप्त गर्नेछन् । मिस्टर एण्ड मिस टिन वर्ल्ड नेपाल विजेताहरू १० अक्टुबर २०२२ मा टर्किएको ईस्तानबुलमा आयोजना गरिने टप मोडल अफ युनिभर्समा प्रतिस्पर्धामा भाग लिने मौका प्राप्त गर्नेछन् ।
पूर्व मिस नेपाल उषा खड्गी, नायक सलोन बस्नेत, नायक सलिन मान बानियाँ, मोडल पुजा गिरी, कोरियोग्राफर रोजिन शाक्य लगायतका निर्णायक मण्डलले अडिसन तथा विभिन्न प्रतिस्पर्धा मार्फत यस प्रतियोगीताका विजेता छनौट गर्नेछन् । जुलाई १६ मा द ब्रिटिस कलेज, थापथलीमा आयोजना हुने अडिसन मार्फत प्रतियोगीहरू सर्टलिस्ट गरिनेछ भने सर्टलिस्ट गरिएका प्रतियोगीहरू विभिन्न किसिमका प्रोजेक्ट वर्क तथा तालिमहरूमा सहभागी हुनेछन् ।
वैयक्तिक विकास र सिप विकासको उदाहरणीय प्रतियोगीताको रूपमा संचालन गरिने मिस्टर एण्ड मिस टिन वर्ल्ड नेपालले आफ्नो करिअर पाथको खोजीमा रहेका किसोर किसोरीको समग्र विकासमा ठूलो मद्दत पुयाउने अपेक्षा गरिएको छ । तसर्थ यो एक प्रतियोगीता मात्र नभई सिकाई र समग्र विकासको अवसर समेत हो ।
१६ बर्ष देखी २१ बर्ष उमेर समूहका यूवाहरूले सहभागिता जनाउन सक्ने यो प्रतियोगीताले आत्मविश्वास, कार्यक्षमता अभिबृद्धि तथा जनसम्पर्क स्थापनामा ठूलो मद्धत पुन्याउने छ भने मोडलिङ्ग तथा अभिनय पेशामा आबद्ध हुन चाहनेका लागि अवसर जुटाउन साहयक बन्नेछ । एसईई तथा प्सल टु परिक्षा दिएर बसेका विद्यार्थिहरूको फूर्सदलाई उपयोग गर्दै जिवनको यो क्षणलाई एक उत्पादनशिल र अविस्मरणीय बनाउन सकिने हाम्रो बुझाई रहेको छ।
प्रतियोगीतामा सहभागिता हुनेले १६ देखी २१ बर्ष उमेर समूहका जो कोहिले भाग लिन सक्ने यस प्रतियोगिताको पहिलो चरणको अडिसनका लागि मिस्टर एण्ड मिस टिन वर्ल्ड नेपालको फेसबुक पेजमा गएर अनलाईन फारम भर्नुपर्नेछ । जुलाई १६ मा आयोजना गरिने अडिसनमा छनौट भएका प्रतियोगीलाई विभिन्न तालिम, सेमिनार तथा प्रोजेक्ट वर्कमा सामेल गराई बैयक्तिक विकास गरिनेछ ।
यसरी तालिममा हुने सहभागिता बापत प्रतियोगीले रु। १५ हजार शुल्क तिर्नुपर्नेछ भने यसरी छनौट हुने हरेक प्रतियोगीले यस प्रतियोगीताको नलेज पार्टनर द ब्रिटिस कलेजमा पहिलो बर्षका लागि पचास प्रतिशत छात्रवृती प्राप्त गर्नेछन् । अन्तिम प्रतियोगीताका विजेताहरूले विभिन्न किसिमका उपहारहरूका अलावा नगद पुरस्कार एक लाख रूपैया, टर्किएको ईस्तानबुलमा हुने प्रतियोगीतामा सहभागिता तथा भ्रमणको मौकाका साथै द ब्रिटिस कलेजमा शत् प्रतिशत छात्रबृत्ती समेत प्राप्त गर्नेछन् ।
मिस्टर एण्ड मिस टिन वर्ल्ड नेपालको आयोजक फेलिज् ईन्टरनेशनल मनोरञ्जनको दुनियाँमा एक परिचित नाउँ हो । बलिउडका चर्चित सेलिब्रेटीलाई नेपाली स्टेजमा उतार्ने क्रममा निरन्तर सफलता हाँसिल गर्दै गएको फेलिज्ले पछिल्लो पटक भारतीय गायिका आस्था गिल र आसिस कौरलाई नेपाली स्रोता माझ पस्किएको थियो । स्थानिय स्तरमा विभिन्न कार्यक्रमहरू निरन्तर गर्दै आएको फेलिज्ले सांस्कृतीक जनसम्पर्ककाका माध्यमबाट विश्व र समाजलाई एकताबद्ध बनाउन सकिने विश्वास लिएको जनाएको छ ।
































