अपर सोलु हाइड्रोको आईपीओ बाँडफाँट, भाग्यमानी ५ जनाले पाए ११ कित्ता

17.5K
shares
Nabil bank

काठमाडौं । अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडको आईपीओ बाँडफाँट भएको छ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलको कार्यालयमा बाँडफाँट भएको हो।

कम्पनीले असार २० गतेदेखि असार २३ गतेसम्म सर्वसाधारणका लागि निष्काशन गरेको आईपीओ बाँडफाँट गरेको हो।

सो शेयरमा कुल १४ लाख ४६ हजार ९८५ जनाले आवेदन दिएका थिए। सोमध्ये १ हजार ७९१ जनाको आवेदन रद्द भएको छ भने बाँकी १४ लाख ४५ हजार १९४ आवेदन स्वीकृत भएका छन्।

 

क्यापिटलका अनुसार १ लाख ८२ हजार ४७ आवेदकले १० कित्ताका दरले शेयर पाएका छन्।

सोमध्ये पनि भाग्यमानी ५ जनाले थप एक कित्ता अर्थात कुल ११ कित्ता शेयर प्राप्त गरेका छन्।

कम्पनीले १९ करोड ५७ लाख ५० हजार रुपैयाँ बराबरको प्रतिकित्ता १०० अंकित दरका १९ लाख ५७ हजार ५०० कित्ता साधारण शेयर निष्काशन गरेको थियो।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x