एनएमबि बैंकको एटिएम त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलकाे आगमन कक्षमा
वि.सं.२०७९ साउन १७ मंगलवार
20.9K
shares
shares
काठमाडौं। एनएमबि बैंकले त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलको अन्तर्राष्ट्रिय आगमन कक्षमा एटीएम सञ्चालनमा ल्याएको छ।
आगमनमा पर्यटन प्रवर्द्धनलाई सहयोग पुर्याउने उद्धेश्यले एटिएम सञ्चालनमा ल्याएको बैंकले जनाएको छ।
बैंकले यसअघि नै उक्त विमानस्थलको आन्तरिक उडानस्थलको यात्रु प्रस्थान स्थलमा एटिएम सञ्चालनमा ल्याइसकेको छ।
एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १३८ एटिएमहरु र ११ एक्सटेन्सन काउन्टरहरु मार्फत सेवा प्रदान गदै आइरहेको छ।
Subscribe
0 Comments
Oldest






























