आइएफसीबाट सानिमा बैंकले पायो २ करोड डलर ऋण

18.6K
shares
Nabil bank

काठमाण्डौँ । सानिमा बैंकले २ करोड अमेरिकी डलर विदेशी ऋण प्राप्त गरेको छ । विश्व बैंक समूह अन्तर्गतको अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी)बाट बैङ्कले सो ठुलो परिमाणको रकम पाएको हो । बैङ्कले बुधबार राजधानीमा पत्रकार सम्मेलन गर्दै प्राप्त रकमबारे जानकारी गराएको हो । बैङ्कका अनुसार लघु, साना तथा मझौला व्यवसाय (एमएसएमइ)मा ऋण प्रवाह गर्न प्रयोग गरिने छ ।

बैङ्कका प्रमुख कार्यकारी अधिकृत निश्चल राज पाण्डेले आइएफसीबाट प्राप्त रकमले लघु, साना तथा मझौला व्यवसायलाई वित्तीय पहुँचमा सहज हुने र आर्थिक पुनरूत्थानमा सहयोग पुग्ने बताए । पाण्डेले अहिले वित्तीय क्षेत्रको विधमान समस्याको रूपमा रहेको तरलताको असहज परिस्थितिमा पनि आइएफसीबाट प्राप्त रकमले एमएसएमइ क्षेत्रमा कर्जा प्रवाह गर्न केहि सहजता हुने धारणा राखेका थिए ।

 

 

तरलता अभावलाई मध्य नजर गरी गत आर्थिक वर्षमा नै सानिमा बैंकले आइएफसीसँग सम्झौता गरी विदेशी ऋण ल्याउन प्रयत्न गरेको थियो । नेपाल राष्ट्र बैंकले स्वीकृति दिए पश्चात् उक्त रकम यस आर्थिक वर्षमा नै बैंकले प्राप्त गर्ने छ ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x