वामदेव गौतम पनि माओवादीको चिह्नबाट चुनाव लड्ने

1.3K
shares

काठमाडौँ । राष्ट्रिय सभा सदस्य वामदेव गौतम आगामी निर्वाचनमा नेकपा (माओवादी केन्द्र)को चिन्ह लिएर उठ्ने भएका छन्।

मंगलबार केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको माओवादीको स्थायी कमिटी बैठकले डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) र वामदेव नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियानलाई आफ्नो चुनाव चिह्न प्रयोग गर्न दिने निर्णय गरेको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।

भट्टराई र गौतमले केही सर्त राखेको र त्यसबारे थप छलफल गर्ने तथा आफ्नो पार्टी सत्ता गठबन्धनमा समेत भएकाले गठबन्धनभित्र पनि छलफल गरेर टुंगो लगाउने निर्णय भएको उनले बताए । उनीहरूको उम्मेदवारीबारेमा पनि गठबन्धनमा छलफल हुने उनको भनाइ छ ।

 

माओवादी स्थायी समितिको बैठक बुधबार बिहान फेरि बस्नेछ ।

 

 

civil hospital
Hams Hospitals