अबको निर्वाचनको नतिजापछि एमालेको सरकार बन्छ: ओली
वि.सं.२०७९ भदौ १८ शनिवार
shares
काठमाडौं। नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आउने निर्वाचनबाट नेकपा (एमाले)को नेतृत्वमा सरकार बन्ने दाबी गर्नुभएको छ।
सुनसरीको दुहबी नगरपालिकामा आज एमाले क्षेत्र नं ३ ले आयोजना गरेको कार्यक्रममा उहाँले आफ्नो पार्टीले जनमत प्राप्त गर्ने विश्वास व्यक्त गर्नुभयो।
एक वर्षमा सरकारले विकास निर्माणका आयोजनाहरू कटौती गरेको आरोप लगाउँदै अध्यक्ष ओलीले सामाजिक न्याय र समानताका आधारमा सबैलाई बराबरी हक, बराबरी सुरक्षा, बराबरी अवसर, बराबरी सम्मानका आधारमा राष्ट्रिय एकता कायम गरेर एकता प्रबद्ध प्रयासद्वारा नेपाललाई विश्वको नमूना राष्ट्रिय बनाउन सकिने विश्वास व्यक्त गर्नुभयो।
फरक प्रसङ्गमा अध्यक्ष ओलीले मङ्सिर ४ गतेको निर्वाचनमा देश, जनता, लोकतन्त्र, राष्ट्रियता, स्वाधीनता, स्वतन्त्रताले नहार्ने बताउनुभयो।




























