skip this Content block

घातक बन्दै डेंगु, यसरी लिदैछ मानिसको ज्यान

16.8K
shares
Nabil bank

काठमाडौं । जिल्लामा डेंगुबाट ५ वर्षीय एक बालिकाको मृत्यु भएको छ । मालिकार्जुन गाउँपालिका–४ हुनैनाथकी उषा धामीको मृत्यु भएको गाउँपालिका स्वास्थ्य संयोजक गुणराज ओझाले जानकारी दिए ।

 

बालिकालाई एक हप्ता पहिले एक्कासी ज्वरो आएको तथा भदौ २० गते जिल्ला अस्पताल दार्चुला लगेर चेकजाँच गर्दा डेंगु र स्क्रब टाइफसको संक्रमण देखापरेको उनले बताए ।

 

जिल्ला अस्पतालमा चेकजाँच गर्दा बालिकामा डेंगु र स्क्रब टाइफसको संक्रमण देखिना साथ अस्पताल भर्ना गरेर उपचार गर्ने सुझाव दिएको तथा आफन्तहरुले भर्ना गर्न नमानेको अस्पतालले जनाएको छ ।

 

आफन्तहरुले अन्य ठूलो अस्पताल लग्छौ भनेर बालिकालाई अस्पताल नलगि पुनः घरमै लगेको थियो । घरमा ज्वरोले झन च्याप्न थालेपछि शंकरपुर स्वास्थ्य चौकीमा भर्ना गरेर उपचार भइरहेको अवस्थामा आज विहान ५ बजेतिर उनको मृत्यु भएको हो ।

 

जिल्लामा हाल सम्म ३९ जनामा डेंगुको संक्रमण पुष्टि भएको जिल्ला अस्पतालले जनाएको छ । महाकाली नगरपालिकाका २७,मालिकार्जुन गाउँपालिकाका ३, अपिहिमाल गाउँपालिकाका २ जनामा डेंगुको संक्रमण देखिएको छ ।

 

यस्तै नौगाड गाउँपालिकाका २,दुहुँ गाउँपालिकाका ३ र व्याँस गाउँपालिकाका २ जनामा डेंगु रोगको संक्रमण देखिएको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ । राजधानी दैनिक

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x