रविको पार्टीको वाचापत्रः प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री, गैरदलीय राष्ट्रपति (पूर्णपाठ)
वि.सं.२०७९ कात्तिक १७ बिहीवार
1.4K
shares
shares
राष्ट्रिय स्वतन्त्र पार्टीले आज चुनावी घोषणापत्र सार्वजनिक गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीले चुनावी घोषणापत्रलाई ‘वाचापत्र’को नाम दिएको छ।
पार्टी सभापति रवि लामिछानलेसहित नेताहरूले बिहीबार बिहान नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा आयोजित कार्यक्रममा ‘वाचापत्र’ सार्वजनिक गरेका हुन्।
वाचापत्रमा रास्वपाले संघीय सरकार जनताद्वारा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको प्रस्ताव अघि सारेको छ।
त्यस्तै वडाध्यक्षदेखि संघीय संसद्सम्म सम्मिलित बृहत् निर्वाचन मण्डलबाट राष्ट्रपति चुनिने प्रस्ताव अघि सारेको छ। त्यसैगरी राष्ट्रपतिमा निर्वाचित हुनका लागि कुनै पनि राजनीतिक दलमा नलागेको वा राजनीतिक लाभ नलिएको १० वर्ष पूरा भएको वंशज नेपाली नागरिक हुनुपर्ने रास्वपाको एजेन्डा छ।




























