सागर ढकाल आफूलाई जोगाइदिनोस् भन्दै हारगुहार

1.8K
shares

डडेल्धुराबाट स्वतन्त्र उम्मेदवारी दिएर चुनावी प्रचारमा लागिरहेका सागर ढकालले आफूमाथि चुनावी प्रचार प्रसार गर्न रोक लगाइएको भन्दै गुहार मागेर स्ट्याटस लेखेका छन् ।

 

उनको स्ट्याटसमा यस्तो लेखिएको छ:- मलाई जोगाइदिनुस् -जनता गुहार्नुबाहेक केही बाँकी रहेन । सबै प्रशासन शेरबहादुरको मुनि छ,कुरा गर्नु नगर्नु बेकार छ।

 

मलाई अब प्रचार प्रसारमा डडेल्धुरामा रोक लगाइएको छ। शेरबहादुरले खुलमखुल्ला नियम कानुन उल्लंघन गर्दा आँखा बन्द गरेको प्रशासनले आज मलाई हर्क साम्पाङ्ग जस्तो गरी माइकिंग गर्न पनि दिएको छैन । मलाई रोकेको छ ।

civil hospital
Hams Hospitals