जनतामा कम उत्साह देखियो, फरक नतिजा आउनसक्छ: स्वर्णिम वाग्ले
वि.सं.२०७९ मंसिर ४ आइतवार
1.2K
shares
shares
काठमाडौं । राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष एवम् अर्थशास्त्री स्वर्णिम वाग्लेले निर्वाचनमा जनतामा कम उत्साह देखिएको बताएका छन्।
गोरखाको शहिद लखन गाउँपालिकास्थित रामेश्वरी माध्यमिक विद्यालयको मतदान केन्द्रमा पुगेर मतदान गरेपछि सोझो गठजोडभन्दा फरक नतिजा आउनसक्ने आकलन गरेका हुन्।
उनले फेसबुकमा लेखेका छन्, ‘विगत ३१ वर्षदेखिका निर्वाचनहरुमा सहभागी वा चासो राख्दै आएको छु । यसपटक जनतामा निकै कम उत्साह देखियो। वितृष्णा छ । सोझो गठजोड भन्दा फरक नतिजा आउने आंकलन । राजनीति सुधार्न बाध्य पार्ने नयाँ बिन्दुमा पुग्छौं कि?’।




























