काठमाडौं उपत्यकामा आज वर्षकै चिसो दिन

1.7K
shares
Nabil bank

काठमाडौं । काठमाडौं उपत्यकामा आजको दिनलाई वर्षकै चिसो दिनका रुपमा महसुस गरिएको छ । वर्षकै सबैभन्दा झरेको काठमाडौं उपत्यकाको मौसम आज ३.४ डिग्री सेल्सियस देखिएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहानको मापनअनुसार उपत्यकामा सबैभन्दा धेरै चिसो मौसमी तथ्यांक पाइएको छ । हिजो मंगलबार उपत्यकाको न्यूनतम तापक्रम ३ दशमलव ८ डिग्री सेल्सियस थियो ।

यसका साथै देशको पश्चिम तराईका धेरै स्थानहरुमा साथै मध्य र पूर्वी तराईका थोरै स्थानहरुमा हुस्सु/कुहिरो लागेको छ ।

महाशाखाले बिहानको समयमा देशको पश्चिम तराईका धेरै स्थानहरुमा साथै मध्य र पूर्वी तराईका थोरै स्थानहरुमा हुस्सु/कुहिरो लागेको जनाएको छ भने मध्यान्न पछि क्रमिक रुपमा सुधार हुँदै जाने देखिएको जनाएको छ । चिसोबाट बच्न आवश्यक सुरक्षा र सतर्कता अपनाउनु समेत अनुरोध गरेको छ ।

civil hospital
Hams Hospitals