वैदेशिक रोजगारी रोक्न असम्भव:श्रममन्त्री अर्याल

वर्तमानमा वैदेशिक रोजगारी रोक्न असम्भव

14.2K
shares
Nabil bank

काठमाडौँ । श्रम, रोजगार तथा समाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले आफ्नै भनाइ उल्ट्याउदै वर्तमान अवस्थामा वैदेशिक रोजगारी रोक्न असम्भव भएको बताएका छन्। उनले मन्त्रीको पदभार सम्हाल्दै गर्दा वैदेशिक रोजगार शुन्यमा झार्ने बताएका थिए।

शुक्रवार नेपाल वैदेशिक रोजगार व्यवसायी संघको २९ औं वार्षिक साधारणसभामा बोल्दै श्रममन्त्री अर्यालले वर्तमानमा वैदेशिक रोजगारी रोक्न असम्भव रहेको भन्दै यसलाई सुरक्षित‚ व्यवस्थित तथा पारस्परिक लाभको क्षेत्र बनाउनुपर्नेमा जोड दिएका हुन्।

उनले भने, ‘विश्व व्यापारीकरणको वर्तमान समयमा वैदेशिक रोजगारी रोक्न असम्भव भए पनि यसलाई सुरक्षित मर्यादित व्यवस्थित तथा पारस्परिक लाभको क्षेत्र बनाउन प्रयास गर्न आवश्यक छ।’ उनले सरकारले वैदेशिक रोजगारबाट प्राप्त पुँजी, सीप र ज्ञानलाई आन्तरिक उत्पादन र उत्पादकत्व अभिवृद्धिमा परिचालन गर्ने दाबी गरे।

मन्त्री अर्यालले वैदेशिक रोजगारीलाई बाध्यात्मक नभएर स्वैच्छिक बनाउने वर्तमान सरकारको लक्ष्य रहेको उल्लेख गरे। उनले सीपबिना वैदेशिक रोजगारीमा जाने अवस्था परिवर्तन गर्दै सीपयुक्त र दक्ष जनशक्तिलाई वैदेशिक रोजगारीमा पठाउने गरी काम गर्ने बताए। उनले विदेश जाँदा वा नेपालमै रोजगारी खोज्दा सम्बन्धित क्षेत्रको सीप हासिल गर्नु आवश्यक रहेको बताए।

उनले वैदेशिक रोजगार व्यवसायीले विधिसंगत रूपमा व्यवसाय चलाउन आग्रह गरे। यसो गर्दा सरकारले वैदेशिक रोजगार व्यवसायलाई सम्मानजनक व्यवहार गर्ने बताए।

उनले भने‚ ‘मैले शून्य अनस्किल जनशक्ति भनेको थिएँ। विदेश जानुअघि वा नेपालमै रोजगारी खोज्दै गर्दा जान चाहेको क्षेत्रको सीप हासिल गर्नुपर्छ।’

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x