राप्रपा सरकारमा नरहने
वि.सं.२०७९ फागुन १३ शनिवार
1.2K
shares
shares
काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सरकारबाट बाहिरिने निर्णय गरेको छ। राष्ट्रपति निर्वाचनमा राजनीतिक समीकरण फेरिएसँगै राप्रपाले सरकारबाट बाहिरिने निर्णय गरेको हो।
शनिबार बिहान बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समिति बैठक र संसदीय दलको संयुक्त बैठकले पार्टीका सबै मन्त्रीलाई फिर्ता बोलाउने र केहीबेरमै मन्त्रीहरुले प्रधानमन्त्रीलाई भेटेर राजीनामा बुझाउने तयारी छ। राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन हालको सरकारमा उपप्रधान तथा ऊर्जामन्त्री छन् भने ध्रुब बहादुर प्रधान कानुन तथा संसदीय मामिला, विक्रम पाण्डे सहरी विकास र दीपकबहादुर सिंह ऊर्जाराज्यमन्त्री बनेका थिए ।




























