राकेश अडुकियाका छोरालाई राजश्वले लिन मानेन

21.3K
shares
Nabil bank

आज दिउँसो पक्राउ परेका एक क्विन्टल सुन तस्करीका मुख्य अभियुक्त आशंकित राकेश अडुकियाका छोरालाई राजस्व अनुसन्धान विभागले जिम्मा लिन अस्वीकार गरेको छ । २२ वर्षे रोहन अडुकियालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन कक्षमा समातेपछि हरिहर भवनस्थित विभागमा पुर्याइएको थियो ।

 

विभागले अस्वीकार गरेपछि रोहनलाई प्रहरीको राष्ट्रिय अनुसन्धान ब्युरोमा बुझाइएको स्रोतको दाबी छ । यसअघि विभागले गरेको सम्पूर्ण अनुसन्धान,प्रमाण र पक्राउ परेका अभियुक्तलाई पनि गत साता ब्युरोमा बुझाइएको थियो ।

 

 

छोरा अडुकियालाई नयाँ दिल्लीबाट काठमाडौं आउने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन डेस्कको सूचनापछि नेपाल प्रहरीले पक्रेको हो । उनी सवा ३ बजे भारतीय राहदानी जेड ६३९६४२१ बोकेर इण्डिगो एअरको उडानमा काठमाडौं विमानस्थलमा ओर्लिएका थिए । जनआस्था 

 

 

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x