आज भारि बर्षाको सम्भावना रहेको छ

2.4K
shares
Nabil bank

काठमाडौँ । आज देशभर मौसम आंशिक देखि सामान्य बदली रही कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

 

हाल लुम्बिनी प्रदेशमा सामान्य बदली रही थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ भने बाँकी प्रदेशमा आंशिक बदली देखी सामान्यतया मौसम सफा रहेको विभागले जनाएको छ ।

 

 

 

हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ । आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ । साथै कोशी, बागमती, गण्डकी , लुम्बिनी र सुदुरपश्चिम प्रदेशका केही स्थानसहित बाँकी प्रदेशका थोरै स्थानमा समेत मेघ गर्जन÷चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको विभागले उल्लेख गरेको छ ।

 

यस्तै आज राती देशभर आंशिक देखि सामान्य बदली रही कोशी र गण्डकी प्रदेशको एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको प्रक्षेपण विभागले गरेको छ ।

 

यस्तै,बागमती र गण्डकी प्रदेशका केही स्थानका साथै बाँकी प्रदेशको एक/दुई स्थानमा समेत मेघ गर्जन सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

civil hospital
Hams Hospitals