प्रधानमन्त्री प्रचण्डका कारण शान्ति प्रक्रियालाई टुंगोमा पुर्याउने काम असहज भयो : अध्यक्ष ओली

प्रधानमन्त्री दाहालले हिंसात्मक गतिविधिलाई बढावा दिने काम गरेकाले शान्ति प्रक्रियालाई टुंगोमा पुर्याउने काम असहज बन्न गएको

27.8K
shares
Nabil bank

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहालकै कारण शान्ति प्रक्रियालाई टुंगोमा पुर्याउने काममा असहज भएको बताएका छन् । आईतवार संघीय संसद भवनमा संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेससँगको भेटमा उनले प्रधानमन्त्री दाहालले हिंसात्मक गतिविधिलाई बढावा दिने काम गरेकाले शान्ति प्रक्रियालाई टुंगोमा पुर्याउने काम असहज बन्न गएको बताएका हुन् ।

 

‘प्रधानमन्त्रीज्यू जो हिजोको विद्रोही नेता हुनुहुन्थ्यो । आज प्रधानमन्त्री हुनुहुुन्छ । उहाँले नै यी सबै विषयहरु टुंग्याउन भुमिका खेल्नुपर्नेमा चाहीँ अलिकति हिंसालाई बढावा दिने खालको, हिंसालाई महिमा मण्डन गर्ने खालको उहाँका क्रियाकलापले अलिकति असहज जस्तो भएको छ । खास गरेर युद्ध शुरु भएको दिनलाई दिवसको रुपमा मान्यता दिने जुन कुराहरु भयो । यसले पीडितहरु अलिकति चिन्तामा छन् ’, भेटमा सहभागी एमाले उपमहासचिव प्रदिप ज्ञवालीले अध्यक्ष ओलीलाई उदृत गर्दै भने ।

 

माओवादी युद्ध शुरु भएको दिनलाई दिवसको रुपमा मनाउने प्रधानमन्त्री दाहालको कामले शान्ति प्रक्रियामा असहजता थपिएको कुरा ओलीले राष्ट्र संघका महासचिव गुटेरेससँग राखेको भेटमा सहभागी एमालेका उपमहासचिव ज्ञवालीले जानकारी दिए । यता, महासचिव गुटेरेसले भने आफूले नेपालको शान्ति प्रक्रिया छिटोभन्दा छिटो निष्कर्षमा पुगेको हेर्न चाहेको बताएका थिए ।

 

त्यसैगरी ओलीले महासचिव गुटेरेससँग प्रतिपक्ष दलको हैसियतमा आफ्नो पार्टीले शान्ति प्रक्रियालाई छिटो टुंगोमा पु¥याउने काममा सक्दो सहयोग गर्ने बताएका थिए । बुद्धको जन्मभूमि लुम्बिनीलाई विश्व शान्तिको केन्द्र बनाउन, जलवायु परिवर्तनका कारण नेपालले भोग्नुपरेको समस्या समाधानका लागि पनि संयुक्त राष्ट्र संघबाट थप सहयोगका अपेक्षा गरिएको पनि ओलीले महासचिव गुटेरेसलाई बताएको एमाले उपमहासचिव ज्ञवालीले बताए ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x