सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा सुनिलकुमार सिंहलाई दोषी ठहर

990
shares

काठमाडौँ । विशेष अदालतले सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा सुनिलकुमार सिंहलाई दोषी ठहर गरेको छ ।

 

खुसीप्रसाद थारु, तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले सिंहलाई दोषी ठहर गरेको अदालतका प्रवक्ता धनबहादुर कार्कीले बताए ।

 

 

 

सम्पत्ति शुद्धीकरण विभागले अपहरण तथा शरीर बन्धक गरी गैरकानूनी सम्पत्ति आर्जन गरेको आरोपमा सिंह र मिना कार्कीविरुद्ध विशेष अदालतमा २०७९ फागुन २४ गते मुद्दा दायर गरेको थियो ।

 

कार्कीलाई मतियारका रूपमा दोषी ठहर गरिएको छ । सजाय निर्धारणका लागि फागुन २४ गते पेशी तोक्न पनि आदेश भएको प्रवक्ता कार्कीले बताए ।

civil hospital
Hams Hospitals