प्रमुख प्रशासकीय अधिकृतसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

1.6K
shares

काठमाडौं।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दोलखाको तामाकोसी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत निमेष मिश्रसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । उनीहरूले १२ लाख ८९ हजार ३२० रुपैयाँ अनियमितता गरेको ठहर गर्दै अख्तियारले आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको हो।

 

आयोगले आइतबार विशेष अदालत काठमाडौंमा गाउँपालिकाका तत्कालीन लेखा अधिकृत विजय लुइँटेल, तत्कालीन इन्जिनियर सुबोधकुमार चापागाईँ सहित १२ जना विरुद्ध भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर गरेको हो ।गाउँपालिका वडा नम्बर तीन जफे जामुनेमा सभाहल तथा शौचालय निर्माण गर्न बनेको उपभोक्ता समिति, अनुगमन समिति, वडा अध्यक्ष र प्राविधिकसहितको मिलेमतोमा नक्सा अनुसारको काम नहुँदा पनि गैरकानूनी तवरबाट बजेट निकासा भएको, भवनको लम्बाई लामो छोटो भएको, पिलर तथा टाई बिमको साइज घटी बढी रहेको र भवन निर्माण स्थलमा रहेको पुरानो भवनको सामग्रीमा वडाध्यक्षले बेचेर आफै खर्च गरेको भेटिएको आयोगले जनाएको हो ।

 

तामाकोसी–३, जफे जामुनेमा सभाहल तथा शौचालय निर्माण गर्न गठित उपभोक्ता समिति, अनुगमन समिति, वडाध्यक्ष र प्राविधिकसहितको मिलेमतोमा नक्साअनुसारको काम नहुँदा पनि गैरकानुनी तवरबाट बजेट निकासा भएको सूचना पाएपछि अख्तियारले अनुसन्धान अघि बढाएको थियो ।

 

उनीहरूले अनियमितता गरी सरकारलाई गैरकानुनी हानि पुर्‍याउने कार्य गरेको पुष्टि भएकाले मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।

civil hospital
Hams Hospitals