जलविद्युत् आयोजना निर्माणका लागि ४ वटा कम्पनीकाे प्रस्ताव

1.5K
shares

तल्लो इन्द्रावती जलविद्युत् आयोजना निर्माणका लागि ४ वटा कम्पनीले प्रस्ताव गरेका छन ।

 

आवेदन दिने कम्पनीहरूमा नेसनल हाइड्रोपावर कम्पनी लिमिटेड अनिल मल्टी वाइवा जेभी, आरएम इन्भेष्टमेन्ट कम्पनी र लोअर इर्खुवा हाइड्रो पावर कम्पनी लिमिटेड रहेकाे छन् ।

 

नेसनल हाइड्रोकै स्वामित्वमा रहेको आयोजना निर्माण नभएपछि सरकारले खारेज गरेर प्रतिस्पर्धाबाट बनाउन लागेको हो । आयोजनाको जडित क्षमता ४.५ मेगावाट छ । आयोजनाको निर्माण हालसम्म करिब ५० प्रतिशत पूरा भइसकेको छ ।

 

बढी रकम कबोल गर्नेलाई आयोजना निर्माणको जिम्मा दिने विद्युत विकास विभागका महानिर्देशक नविनराज सिंहले बताए । आयोजनाको अनुमतिपत्र (लाइसेन्स) पाएमा ६० करोड रुपैयाँ प्राभिजन गरिएको रकमबाट सेयरधनीहरुलाई लाभांश बाँड्ने नेसनलका अध्यक्ष कुमार पाण्डेले बताएका छन ।

civil hospital
Hams Hospitals