डब्ल्यूएचओले नेपाललाई केहि सातापछि विभिन्न स्वास्थ्य सामग्री पठाउने
वि.सं.२०७८ जेठ ९ आइतवार
shares
काठमाडौं । विश्व स्वास्थ्य संगठन(डब्ल्यूएचओ)ले नेपाललाई केहि सातापछि विभिन्न स्वास्थ्य सामग्री पठाउने भएको छ ।
नेपालमा यतिबेला संक्रमणकाे दर उच्च रहेकाे र स्वास्थ्य साम्रागीकाे आवश्यक रहेकाेले नेपाल लगायत दक्षिण–पूर्वी एसियाली मुलुकहरुलाई ३४० मेट्रिक टनभन्दा धेरै स्वास्थ्य सामग्री प्रदान गर्न लागिएको विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले जनाएको छ ।
अहिले डब्ल्यूएचओले बंगलादेशमा ६० मेट्रिक टनको स्वास्थ्य सामग्रीहरु पठाएको छ । डब्ल्यूएचओको दक्षिण–पूर्वी एसियाकी क्षेत्रीय निर्देशक पुनम खेत्रपाल सिंहले भनिन्, ‘हजारौं अक्सिजन कन्सन्ट्रेटर, टेस्टिङ किट्स, अस्पतालको बेड, टेन्ट र पीपीईहरु अहिले पाइएको सहयोगका मुख्य सामग्री हुन् । ती सामग्रीहरु विभिन्न मुलुकहरु र सबैभन्दा धेरै आवश्यकता भएको क्षेत्रमा पठाइएको छ ।’
पछिल्लो समय डब्ल्युएचअाेले नेपाल लगायत संक्रमण उच्च रहेकाे देशहरुमा विभिन्न स्वास्थ्य साम्रागीहरु पठाउदै आएकाे छ ।





























