कोभिड–१९ विरुद्धको खोपका लागि विदेशी समकक्षीलाई गरेको पत्राचारप्रति झाँक्रीको आपति
वि.सं.२०७८ जेठ १८ मंगलवार
shares
काठमाडौं । आज नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले राष्ट्रपति विद्यादेवी भण्डारीले कोभिड–१९ विरुद्धको खोपका लागि विदेशी समकक्षीलाई गरेको पत्राचारप्रति आपत्ति जनाएकी छिन् ।
उनले सामाजिक सञ्जालमार्फत खोपका लागि पत्राचार गर्ने काम कार्यकारी प्रधानमन्त्रीको भएको बताएकी छन् । झाँक्रीले ‘यो व्यवहार कतै समानान्तर सत्ताको अभ्यास त होइन ?’ भन्दै प्रश्न पनि गरेकी छन् ।
हाम्रो देशको राष्ट्रपति संस्था संविधानको संरक्षक र कानूनको परिपालक हो । उसका सम्पूर्ण क्रियाकलापलाई संविधानले सिमित गरेको छ । त्यसकारण लोकरिझाइँको लागि मित्र राष्ट्रका राष्ट्रप्रमुखलाई पत्राचार गर्ने होइन, त्यो काम त कार्यकारीको हो । यो व्यवहार कतै समानान्तर सत्ताको अभ्यास त होइन ? कि धुमिल भएको छवि बचाउने प्रपन्च हो ? प्रतिगमन पटक-पटक भोगेकै छौ नि होइन?,” कि धुमिल भएको छवि बचाउने प्रपन्च हो ? प्रतिगमन पटक-पटक भोगेकै छौ नि होइन?,” उनले भनेकी छन् ।
राष्ट्रपति संस्था संबिधानको संरक्षक र कानूनको परिपालक हो।उसका सम्पूर्ण कामलाई संबिधानले सिमित गरेको छ।लोकरिझाइँको लागि मित्र राष्ट्रका राष्ट्रप्रमुखलाई पत्राचार गर्ने होईन, त्यो काम त कार्यकारीको हो।यो व्यवहार कतै समानान्तर सत्ताको अभ्यास त होईन? कि धुमिल भएको छवि बचाउने प्रपन्च?
— Ram kumari Jhakri (@Jhakri_didi) June 1, 2021



























