राजस्व अनुसन्धान कार्यालय, वुटवलको उपलब्धि शतप्रतिशत बृद्धि

1.7K
shares

बुटवल । राजस्व अनुसन्धान कार्यालय, वुटवलको आ.व. २०८१÷८२ को पहिलो अर्धवार्षिक प्रगति विवरण बिगतको भन्दा धेरै उच्च रहेको छ । गत आर्थिक वर्षको पौष मसान्त सम्ममा धरौटी संकलन २ करोड २२ लाख ८० हजार १३३ रहेकोमा यस आ.व.को सोही अवधिमा २६६.५२% ले वृद्धि भएको छ । जसमा ८ करोड ३५ लाख ६२ हजार ५८९ रुपैयाँ रहेको छ ।  

गत आर्थिक वर्षको पौष मसान्त सम्ममा २३ वटा विस्तृत अनुसन्धान सम्पन्न भएका थिए । तर, यस आवको सोही अवधिमा उजुरी संख्या ६५.२१% ले वृद्धि भई ३८ वटा विस्तृत अनुसन्धान सम्पन्न भएको छ ।

गत आर्थिक वर्षको पौष मसान्त सम्ममा दफा १३क(२) वमोजिम लेखी पठाउने (आ.र.का.÷भन्सारमा) रकम ७० लाख ६ हजार २ रुपैयाँ रहेको छ । यस आवको सोही अवधिमा ११८.६४% ले वृद्धि भई रु.१ करोड ५३ लाख ८ हजार ९७ रुपैयाँ रहेको छ ।

गत आवको पौष मसान्त सम्ममा विदेशी विनिमय अपचलनतर्फ धरौटी संकलन ७२ लाख १३ हजार ३६८ रुपैयाँ रहेकोमा यस आवको सोही अवधिमा ४७.३४% ले वृद्धि भई १ करोड ६२ लाख ८ हजार ३६० रुपैयाँ रहेको छ ।

विदेशी विनिमय अपचलनतर्फ जिल्ला अदालतमा दायर गरिएको मुद्धासंख्यामा ५० % ले वृद्धि भएको छ । गस्ती परिचालनतर्फ पनि उत्तिक्कै प्रगति देखिएको छ । गत आर्थिक वर्षको पौष मसान्त सम्ममा द्रुत गस्ति ७ पटक गएकोमायस आवको सोही अवधिमा ५७.१४% ले वृद्धि भई ११ पटक गएको छ ।

यस अवधिमा १३५० बोरा तस्करीको चिनी पक्रेको छ भने करिव ८० लाख धरौटी संकलन भएको छ ।

कार्यालयले पाँच पटक तस्करीको कपडा पक्रेर थुनामा राखी करिव १ करोड रुपैयाँ राजस्व जम्मा गराएको छ ।

चीनबाट अवैध रुपमा ल्याइ भारत पठाउन लाग्दा २ हजार ६०० अबैध भेप पक्राउ गरिएको कार्यालयले जनाएको छ । करिव १ करोड २० लाख बिगो÷राजस्व तिराउन मुद्दा दर्ताको तयारीमा कार्यालय रहेको छ ।

भन्सारबाट पास भइ आएको विशेष आर्थिक क्षेत्रको गाडी चेकजाँच बाट १ करोड १५ (पन्ध्र) लाख धरौटी संकलन गरेको कार्यालयले जनाएको छ । यसको छिट्टै मुद्दा दर्ता हुदै गरेको कार्यालय प्रमुखले जानकारी दिए । अवैध बिर्को लगायत नक्कली मदिरा उत्पादन गर्ने सामान पक्रेर १ करोड २० लाख जतिको मुद्दामा जादै गरेको अवस्था छ, मान्छे थुनामै छ ।

अलिम इन्टरप्राइजेजमा छापा हानी उक्त इन्टरप्राइजेजको स्टक वुक, माल सामान तथा खरिद बिक्रि खाता भिडान गर्दा प्रो. अलिम मियाँको हकमा ३ करोड ४३ लाख ३९ हजार ४३३ रुपैयाँ विगो कायम भइ त्यसको शत प्रतिशत जरिवाना र हदै सम्मको कैदको मागदावी सहित अभियोगपत्र उच्च अदालत तुलसीपुर बुटवल ईजलासमा दर्ता भएको छ ।

करिव डेढ दर्जन ट्रान्सपोटको गाडी चेकजाँच गरेर १ करोड ५० लाख भन्दा बढि राजस्व जम्मा गरिएके छ ।

भारतीय रुपैयाँ पक्रेर करिव १ करोड ४० लाखको बिगो तिराइएको छ । एकतिस (३१) तोला अवैध सुन कपिलवस्तुबाट काठमाडौ जाँदै गरेको पक्रेर ५० लाखको सुन जफत गरि ७५ लाख जरिवाना तिराइएको छ । तस्करी नियन्त्रणको लागि रुपन्देहीको सिमानाकामा रातभर १२ देखि ६ बजे सम्म हरेक दिन १ महिना देखि नियमित जिल्ला प्रशासन, प्रहरी सहित को संयुक्त गस्ती परिचालन गरिएको छ ।

३ महिना देखि हरेक दिन नियमित र आकस्मिक गस्ती परिचालन भैरहेको छ ।

सवै फाइलहरुको साखागत जिम्मेवारी तोकेर पन्जिका बनाएर हाल सम्मकै अभिलेख व्यवस्थित बनाइएको कार्यालय प्रमुखले जानकारी दिए ।  

 

civil hospital
Hams Hospitals