अब आत्मसमर्पण होइन, पार्टी कब्जा गर्ने हो – नेता भट्टराई

1.1K
shares

काठमाडौ । आज नेकपा (एमाले)का नेता योगेश भट्टराईले आफूहरुले एमालेलाई एकतावद्ध राख्न पहल गरिरहेको तर, एकता भनेको आत्मसमर्पण नभएको बताएका छन्।

माधवकुमार नेपाल समूहका केन्द्रीय सदस्यहरुको भर्चुअल बैठकमा बोल्दै योगेशले अहिले पनि संघर्ष नै प्रधान रहेको बताए।

अहिले पनि संघर्ष नै प्रधान हो, हामीले तलसम्म संगठन निर्माण गर्दै जाने हो र यो विषयलाई अझै तल्लो तहमा लैजाने हो’, भट्टराईको भनाई उद्धृत गर्दै बैठकमा सहभागी एक केन्द्रीय सदस्यले भने, ‘केपी ओलीसँगको एकता प्रयास व्यक्तिगत होइन, संघर्ष हो।

 

अब हामीले एकताको प्रक्रियाबाट गएर पार्टी कब्जा गर्ने हो।’

civil hospital
Hams Hospitals