म पनि पार्टी एकताकै पक्षमा छु – नेपाल

1.2K
shares

काठमाडौं । आज नेकपा एमालेका कारबाहीमा परेका नेता माधवकुमार नेपालले आफू पाटी एकताकै पक्षमा रहेका बताएका छन् । दुई दिने (बिहीबार र शुक्रबार)को भर्चुअल भेलामा केन्द्रीय सदस्यहरूको धारणा सुनिसकेपछि उनले यस्तो बताएका हुन् ।

 

उनले आफू न्यायोचित एकताकै पक्षमा रहेका र पार्टीलाई फुटतिर अग्रसर गराउने काम प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले गरेको निष्कर्ष सुनाएका छन् ।

 

“म पनि पार्टी एकताकै पक्षमा छु । केपी ओलीका क्रियाकलाप, चिन्तले पार्टी विभाजनतिर अग्रसर गराएको हो,” नेता नेपालको भनाइको सार खिच्दै केन्द्रीय सदस्य रचना खड्काले भनिन्, “पार्टी कमिटीलाई जेठ २ मा फर्काउने गरी आउने हो भने केपी ओलीलाई शंकाको सुविधा दिन सकिन्छ ।”

civil hospital
Hams Hospitals