राष्ट्रघाती अभिव्यक्ति किमार्थ मान्य हुँदैन : ऐन महर

1.2K
shares

काठमाडौ । हिजो उपप्रधानमन्त्री पदमा नियुक्त भएपछि उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री राजेन्द्र महतोले नेपाल एकल राज्य हुन नसक्ने विवादित अभिव्यक्ति दिएका थिए।

पदभार ग्रहण गरे लगतै महतोले बहुल राष्ट्रिय राज्यको स्थापनाका लागि राष्ट्रिय मुक्तिको आन्दोलनको तयारी गरिरहेको समेत बताएका थिए। त्यसै अभिव्यक्तिलाई लिएर अनेरास्ववियुका अध्यक्ष ऐन महरले आफ्नो सामाजिक संजालमा यस्तो लेखेका छन – उपप्रधानमन्त्री राजेन्द्र महतोले “बहुल राष्ट्रिय राज्यको स्थापनाको लागि राष्ट्रिय मुक्ति आन्दोलनको तयारी गर्ने” भनी दिएको अभिव्यक्ति भौगोलिक अखण्डता र राष्ट्रिय हित प्रतिकुल छ ।

जिम्मेवार पदमा रहेका व्यक्तिबाट यसप्रकारको अराजक र संविधान विरोधी अभिव्यक्ति आउनु दुर्भाग्यपूर्ण छ । उक्त राष्ट्रघाती अभिव्यक्ति किमार्थ मान्य हुँदैन अविलम्ब फिर्ता लिन आग्रह

civil hospital
Hams Hospitals