एकताका लागि अध्यक्ष ओलीको आवह्वान सकरात्मक छ : योगेश
वि.सं.२०७८ जेठ २३ आइतवार
shares
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा अोलीले माधव नेपाल पक्षसँग एकताका लागि ६ बुँदे प्रस्ताव अघि सारेका छन्।
प्रधानमन्त्री ओलीले एमालेलाई पुरानै संरचनामा फर्काउन तयार रहेको बताउँदै नेपाल पक्षसँग सर्वोच्चमा काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै प्रयोग भएका हस्ताक्षर फिर्ताको माग गरेका छन्।
एकताका लागि अध्यक्ष ओलीको आवह्वानलाई माधव नेपाल पक्षमा रहेका नेता योगेश भट्टराईले सकरात्मक भनेका छन्।
योगेशले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्-‘सर्बोच्चमा बिचाराधिन बिषयमा सबै संभावनालाई ख्याल गर्दै र मुलत संबिधानको रक्षा, लोकतान्त्रिक प्रकृयाको निरन्तरता र पार्टी एकताको खातिर एउटा तार्किक निश्कर्समा पुग्नु उपयुक्त हुनेछ। सारमा अध्यक्षको बक्तब्यले पार्टीको शिर्स नेतृत्वका बिचमा सार्थक संबाद हुनेछ र नेकपा एमालेको एकतालाई अक्षुण राख्न मद्धत पुग्ने अपेक्षा गर्दछु । हजार माईलको यात्रा पहिलो पाईलाबाट नै शुरु हुन्छ।’




























