अधिकृतसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा

16.8K
shares
Nabil bank

 

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, सप्तरीका तत्कालीन कार्यालय प्रमुख डा. प्रभात झासहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

 

बुधबार आयोगले विशेष अदालत, काठमाडौँमा गैरकानुनी लाभ लिँदै राज्यलाई हानी पुर्‍याएको आरोपमा डा. झासहित अन्य दुई जना र एक कम्पनी उपर भ्रष्टाचारको मुद्दा दायर गरेको हो।

 

आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलका अनुसार सरकारी कार्य सम्पादनका क्रममा आर्थिक अनियमितता गर्दै निजहरूले भ्रष्टाचार गरेको ठहर गरिएको छ। उनीहरूमाथि अख्तियारले आवश्यक अनुसन्धानपश्चात आरोप प्रमाणित हुने आधारसहित मुद्दा अघि बढाएको हो।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x