किताबखानाका शाखा अधिकृत प्रसाईं ३ लाख घुस प्रकरणमा दोषी, ६ महिना कैद र जरिवाना
क्यान्टिन सञ्चालक सुदर्शन न्यौपाने पनि दोषी ठहर, भवानी अधिकारी सफाइमा
वि.सं.२०८२ असार ३२ बुधवार
shares
काठमाडौं । विशेष अदालतले शिक्षक किताबखानाका शाखा अधिकृत धनेश्वर प्रसाईंलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ ।ताहचलस्थित शिक्षक कितावखानाका शाखा अधिकृत प्रसाईंले ३ लाख रुपैयाँ घुस लिएको भ्रष्टाचार मुद्दामा दोषी ठहर भएको हो ।विशेष अदालतका सदस्यहरु तेजनारयाण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले प्रसाईंलाई ६ महिनाम कैद सजाय फैसला गरेको छ ।
त्यस्तै घुस उठाउन सहयोगी भूमिका खेलेका क्यान्टिन सञ्चालक सुदर्शन न्यौपाने पनि दोषी ठहर भएका छन् । उनलाई पनि ६ महिना कैद सजाय सुनाएको छ ।त्यस्तै उनीहरु दुबैले डेढ/डेढ लाख रुपैयाँ जरिबाना बुझाउन आदेश दिएको छ। प्रसाईंले पेन्सन पट्टा बनाउन आएका एक पूर्वशिक्षकसँग घुस बापत ३ लाख रुपैयाँ लिएका थिए ।
यस्ताे छ विशेष अदालतकाे फैसला
यसमा, प्रतिवादी धनेश्वर प्रसाई र सुदर्शन न्यौपानेले निवेदकको पेनसन पट्टा बनाउने कार्यको लागि निवेदकसँग खम माग गरेको भन्ने उजुरी बेहोरा भएको देखिन्छ । प्रतिवादी धनेश्वर प्रसाई पेन्सन पट्टा बनाउने कामसँग सम्बन्धित कर्मचारी भएको देखिन्छ । प्रतिवादी धनेश्वर प्रसाईको कार्यकक्षमा रहेको दराजबाट रु। ३,००,०००र( बरामद भएको भन्ने कुरामा विवाद भएको देखिंदैन । उक्त बरामद भएको रकम प्रतिवादी सुदर्शन न्यौपानेले भनेबमोजिम सुदर्शन न्यौपानेको रकम भनेर राखेको भन्ने जिकिर पुष्टि भएको देखिंदैन । उजुरकर्तासँग प्रतिवादीहरु धनेश्वर प्रसाई र सुदर्शन न्यौपानेको बिचमा भएको श्रव्य( दृश्य संवादबाट उजुरकर्ताको पेन्सन पट्टा बनाउने कार्यको लागि रकम लेनदेनको विषयमा कुरा भएको देखिन्छ ।
उपरोक्त आधारबाट राष्ट्रसेवकको रुपमा रहेका प्रतिवादी धनेश्वर प्रसाइले आफ्नो ओहोदा सम्बन्धी काम गर्नका लागि उजुरकर्ताबाट रु। ३,००,०००र( रिसवत लिएको र राष्ट्रसेवकको रूपमा नरहेका प्रतिवादी सुदर्शन न्यौपानेले उजुरकर्ताको पेन्सन पट्टा बनाउने कार्यका लागि प्रतिवादी धनेश्वर प्रसाइको निमित्त रिसवत लिने कार्यमा निज प्रतिवारीको संलग्नता देखिन आएकोले प्रतिवादी धनेश्वर प्रसाईले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा ९१० बमोजिम र प्रतिवादी सुदर्शन न्यौपानेले सो ऐनको दफा ३ को उपदफा ९२० बमोजिमको कसुर गरेको पुष्टि हुन आयो ।
तसर्थ रिसवत लिएको बिगो रु। ३,००,०००र( को दामासाहीले हुने रु । १,५०,०००र( को आधारमा सो ऐनको दफा ३ को उपदफा (१) खण्ड (घ) वमोजिम प्रतिवादी धनेश्वर प्रसाई र सुदर्शन न्यौपानेलाई जनही ६ महिना कैद र उक्त दफा ३ को उपदफा (१) बमोजिम जनही रु। १,५०,०००र( जरिवाना हुने ठहर्छ । साथै अपराध पीडित संरक्षण ऐन, २०७५ को दफा ४१ को उपदफा (३) बमोजिम प्रतिवादीहरु धनेश्वर प्रसाई र सुदर्शन न्यौपानेले जनही रु। ६,०००र( क्षतिपूर्ति शुल्क बुझाउनु, पर्नेछ ।
प्रतिवादी भवानी अधिकारीको हकमा उजुरी निवेदनमा यी प्रतिवादीले उजुरकर्तासँग रिसवत माग गरेको उल्लेख गरेको देखिंदैन । यी प्रतिवादी कार्यालय सहयोगी कर्मचारी भई पेनसन पट्टा बनाउने कार्यमा निजको ओहदा सम्बन्धी काम भएको देखिंदैन । यी प्रतिवादीको साथबाट कुनै रकम बरामद भएको देखिंदैन । मिसिल संलग्न श्रव्य ( दृश्य संवादमा यी प्रतिवादीले रिसवत माग गरेको भन्ने देखिदैन । उपरोक्त आधारबाट प्रतिवादी भवानी अधिकारीले आरोपदाबी बमोजिमको कसुर गरेको पुष्टि भएको देखिन आएन । तसर्थ प्रतिवादी भवानी अधिकारीले आरोपदाबीबाट सफाई पाउने ठहर्छ ।































