राजनीतिक असन्तोषको बिस्फोट ( फोटो फिचर )
वि.सं.२०८२ भदौ ३० सोमवार
shares
काठमाडौं ।सिंहदरवार जस्तै प्रतीकात्मक स्थानमा आक्रमण हुनु भनेको जनता र राज्यबीचको विश्वास शून्यमा पुगेको सन्देश हो। संसद, मन्त्रालय, सरकारी भवनहरू नागरिकका लागि आफ्नै नभएर पराई जस्तै देखिन थालेको संकेत पनि हो।जनताले राज्यलाई आफ्नो सुरक्षाकर्ता नभएर शोषक र उपेक्षकको रूपमा हेर्न थालेपछि यस्तो विस्फोट हुन्छ। राज्यले सुन्ने, सम्बोधन गर्ने, न्याय दिलाउने भूमिकाबाट पछि हट्दा सम्बन्धमा टुटन अनिवार्य हुन्छ।

भवन, कागजपत्र, गाडी जल्नु एउटा दृश्य मात्र हो। तर यो विनाशले मुलुकको राजनीतिक संस्थागत संरचनामा गहिरो आघात पुर्याएको छ। यसपछिको पुनःनिर्माण केवल ईंटा,सिमेन्टको मात्र होइन, विश्वास र आस्थाको पनि हुनेछ।

यदि दलहरूले घटनाबाट सिकेर जनताको पीडा आत्मसात् गर्छन् भने यो सङ्कट नयाँ राजनीतिक सहमतिको जग बन्न सक्छ। यदि राज्यले मात्र दमनलाई मार्ग बनायो भने, जनता र राज्य सम्बन्ध झन् खतरनाक विस्फोटतर्फ धकेलिन सक्छ।असन्तोषलाई संस्थागत गर्न सक्ने नयाँ नेतृत्व वा संगठन उदाए, पुराना दलहरूको अस्तित्वमै प्रश्न उठ्न सक्छ।






























































