आज कार्तिक १८ गते मंगलबारको,निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस्
वि.सं.२०८२ कात्तिक १७ सोमवार
shares
Hamro Patro (Best Nepali Patro)
Hamro Patro
१७ कार्तिक, २०८२ – सोमवार – आजको राशिफल
Search events
आज – १७ कार्तिक २०८२ सोमवार को राशिफल
Daily
मेष
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) वैदेशिक रोजगारमा सफलता मिल्नेछ। विद्यार्थीहरुको अध्ययनमा एकाग्रतामा कमी आउनेछ। सकारात्मक सोचको साथ अगाडि बढ्नुहोस् सफलता मिल्नेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ९ रहेको छ।
मिथुन
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) कार्यक्षेत्रमा पिताको सहयोग मिल्नेछ। भौतिक संसाधन जुटाउनाले प्रसन्नता मिल्नेछ। कर्म गर्दै जानुहोस् समय आफै अनुकूल बन्दै जानेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक १ रहेको छ।
सिंह
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) समस्या पर्दा सहयोग गर्ने प्रशस्त भेटिनेछन्। बोलिको विविध अर्थ लाग्नेछ। नयाँ अवसर आए पनि लाभ लिन नसकिएला। हाथमा लिएको एउटा काम सिध्याएर मात्र अर्को काम तर्फ अग्रसर हुनुहोला। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक २ रहेको छ।
तुला
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) कार्यक्षेत्रमा अरुलाई प्रभावित पारेर काम बनाउन सकिनेछ। मनमा हर्ष र उत्साह छाउनेछ। आफ्नो दक्षतामा विभिन्न कार्य सम्पादन गर्न सकिनेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक २ रहेको छ।
धनु
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) मानसिक चिन्ता बढेपनि कार्यक्षेत्रमा प्रगति हुनेछ। प्रतिस्पर्धीहरू तपाईंको खुट्टा तान्ने प्रयास गर्नेछन्। स्वास्थ्यलाई लिएर सावधान रहनुहोला। आजको शुभ रंग निलो हो भने शुभ अंक ४ रहेको छ।
कुम्भ
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) रोकिएको कामले पूर्णता लिनेछ। राजनीतिक क्षेत्रमा बिस्तारै अगाडि बढ्न सक्नुहुनेछ। गरिएको शुभकामको चर्चा हुनेछ। आर्थिक पक्ष सबल रहनेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ५ रहेको छ।
बृष
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) वित्तीय वा सहकारि संस्थाबाट लाभ मिल्नेछ। व्यापार व्यवसायमा आफन्तहरूको सहयोग प्राप्त हुनेछ। कार्यक्षेत्रमा नयाँ जिम्मेवारी मिल्ने र नँया योजना प्रारम्भ गर्ने अवसर मिल्नेछ। आजको शुभ रंग केशरी हो भने शुभ अंक ३ रहेको छ।
कर्कट
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) समयको सन्दर्भ बुझेर आफ्नो कुरा राख्नुहोला। युवाहरूलाई करियर बनाउन नयाँ अवसर मिल्नेछ। आर्थिक प्रलोभन देखाउनेहरूबाट सावधान रहनुहोला। आजको शुभ रंग निलो हो भने शुभ अंक ३ रहेको छ।
कन्या
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) व्यापारिक विषयमा छलफल हुनेछ। व्यस्त जीवनबाट व्यक्तिगत खुसीको लागि केही समय निकाल्नुपर्ला। रमाइलो जमघटको बीच स्वादिष्ट भोजनको आनन्द मिल्नेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ३ रहेको छ।
बृश्चिक
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) विद्यार्थीहरूलाई अध्ययन अध्यापनमा मन लाग्नेछ। नोकरी वा पेशामा अधिकारीहरूको सहयोग पाइनेछ। प्रिय व्यक्तिको सम्झनाले सताउनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक २ रहेको छ।
मकर
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) महत्वपूर्ण कार्यमा व्यवधान आइपर्ला। साँझतिर आफन्तहरूको सहयोगले अपूर्ण कार्य पूरा हुनेछ। धैर्य वा पराक्रममा वृद्धि हुनेछ। नजिकका मित्रहरूसँग भेटघाटका योग छन्। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ३ रहेको छ।
मीन
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) विशिष्ट व्यक्तिको सल्लाहलाई वेवास्था नगर्नुहोस्। प्रेममा सफलता पाइनेछ। मिडिया वा चलचित्रको क्षेत्रमा सफलता मिल्नेछ। सामाजिक सेवामा मन लाग्नेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ८ रहेको छ।




























