‘सेक्स हर्मोन’को कमिले गर्दा पुरुषमा देखिन्छन् यस्ता लक्षणहरु

1.6K
shares

पुरुषको शरीरमा बन्ने सेक्स हर्मोनलाई टेस्टोस्टेरोन भन्ने गरिन्छ ।यो हर्मोनले पुरुषमा यौन इच्छा बढाउने काम गर्छ । तर, यो हर्मोनको कमिले शरीरमा विभिन्न प्रकारका परिवर्तनहरु आउँछन् ।

१. धेरै थकाइ लाग्ने

धेरै थकाइ लाग्नु टेस्टोस्टेरोन हर्मोन कमि हुनु हो । यो हर्मोनको कमि भएको महसुस शरीरमा उर्जाको कमि हुँदा कम हुने गर्छ । धेरै थकाई बढ्दो उमेर र डिप्रेशनमा पनि लाग्ने गर्छ । कम्तीमा पनि ८ घण्टाको निन्द्राले शरीरलाई उर्जा प्रदान गर्छ । यदि धेरै थकाइ लाग्ने गर्छ भने यो हर्मोनको जाँच गर्नुपर्छ ।

२. यौन जीवनमा परिवर्तन

यो हर्मोनको कमिमा यौन जीवनमा समेत असर पर्छ । यो हर्मोनको कमि हुँदा लिङ्ग उत्तेजित नहुने समस्या हुनसक्छ । मधुमेहको भएमा पनि यस्तो समस्या आउँछ । तर, टेस्टोस्टेरोनको कमिले यस्तो भएमा समयमा नै उपचार गराउँन आवश्यक छ ।

३. स्मरणशक्तिमा असर 

टेस्टोस्टेरोनको कमिले स्मरणशक्तिमा असर पुर्याउँछ । यसको कमि हुँदा कुनै एउटा कुरामा मात्र ध्यान केन्द्रित गर्न सम्भव हुँदैन । टेस्टोस्टेरोन हर्मोनको अत्यधिक कमिले ध्यान केन्द्रित नहुने समस्या देखिन्छ ।

४. मुड परिवर्तन 

टेस्टोस्टेरोन हर्मोनको कमिले मुडमा पनि असर पुर्याउँछ । यो हर्मोनको कमि हुँदा तपाईं कुनै पनि कुराहरुलाई सही तरिकाले बुझ्न सक्नुहुन्न । यो हर्मोनको कमिले कतिपय पुरुषहरुको व्यक्तित्वमा समेत असर पार्छ ।

५.मांशपेशीमा परिवर्तन 

टेस्टोस्टेरोन हर्मोनले मांशपेशीहरु कमजोर हुन थाल्छन् । यसको कमिले शरीरका मांशपेशीहरुमा परिवर्तन आएको स्पष्ट देखिन्छ ।

६.धेरै बोसो जम्मा हुने

यो हर्मोनको कमिले कसैको शरीरमा धेरै बोसो जम्मा हुन पनि सक्छ।

७. शरीरको कपालमा असर

यो हर्मोनको कमिमा शरीरका अंगहरु अनुहार, हातहरु र गोडामा भएका रौँहरु आउन कम हुन थाल्छ ।

८. हड्डीहरु कमजोर 

टेस्टोस्टेरोन हर्मोनको कमिमा शरीरमा हड्डीहरु कमजोर हुन थाल्छन् । यसको कारण आस्टियोपोरोसिस नामक रोग पनि लाग्न सक्छ । आफ्नो हड्डीहरु बलियो बनाउन धुम्रपान, मद्यपान गर्नुहुन्न८ र साथै दैनिक व्यायाम गर्नुपर्छ ।

९. निदाउन समस्या

टेस्टोस्टेरोन हर्मोनको कमिमा सुत्नलाई समस्या हुन्छ । रातभर बेचैनी हुने र निन्द्रा नलाग्ने समस्या आउँछ ।

 

 

civil hospital
Hams Hospitals