अवैध सम्पत्ति आशंकामा मुख्यमन्त्री बानियाँको घर–कार्यालयमा छानबिन
वि.सं.२०८३ वैशाख २१ सोमवार
342
shares
shares
काठमाडौँ ।बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बानियाँसँग सम्बन्धित विभिन्न स्थानहरूमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छापा मारेको छ।
‘क’ वर्गका ठेकेदारसमेत रहेका बानियाँले अवैध सम्पत्ति आर्जन गरेको तथा सम्पत्ति लुकाएको आशंकामा अनुसन्धान अघि बढाइएको भन्दै विभागले उनीसँग सम्बन्धित घर तथा कार्यालयहरूमा छापा मारेको हो।
विभागका एक अधिकारीका अनुसार काठमाडौंको नक्साल र सुन्धारास्थित कार्यालयसँगै हेटौंडामा रहेको कार्यालय तथा निवासमा समेत एकैसाथ छानबिन गरिएको बताइएको छ।
बानियाँ २०८२ साल साउन २० गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए र उनी नेपाली कांग्रेस बागमती प्रदेश सभापतिसमेत हुन्।



























