हितेन्द्रदेव शाक्यसहित प्रमुख पदाधिकारी पदमुक्त

351
shares

काठमाडौं । “सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३” लागू भएसँगै ऊर्जा क्षेत्रका विभिन्न उच्च पदाधिकारीहरू स्वतः पदमुक्त भएका छन्।

मन्त्रालयले सोमबार जारी गरेको सूचनाअनुसार नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक तथा सदस्य सचिव हितेन्द्रदेव शाक्यसहित सदस्यहरू रतनबहादुर ऐर, डा. बलबहादुर पराजुली, श्यामकिशोर यादव र रोहित पौडेल पदमुक्त भएका हुन्।

त्यस्तै, विद्युत् नियमन आयोगका अध्यक्ष डा. रामप्रसाद धिताल तथा सदस्यहरू डा. मधुसुधन अधिकारी, डा. झमकप्रसाद शर्मा, गौतम डङ्गोल र भागिरथी भट्टराई ज्ञवाली पनि पदमुक्त भएका छन्।

सरकारले अध्यादेशमार्फत सार्वजनिक निकायहरूमा संरचनात्मक पुनर्संरचना र व्यवस्थापन सुधारको लक्ष्य राखेको जनाएको छ।

civil hospital
Hams Hospitals