बैंकिङ कसुर मुद्दाका फरार व्यक्ति वैदेशिक ठगीमा पक्राउ

174
shares

 

काठमाडौं । चार वटा बैंकिङ कसुर मुद्दाका फरार व्यक्ति वैदेशिक रोगजारसम्बन्धी ठगीको कसुरमा समातिएका छन् ।

पक्राउ पर्नेमा धादिङको धुनिवेशी नगरपालिका–९ घर भइ भक्तपुरको थिमी नगरपालिका–५ बस्ने ४६ वर्षीय रोशना चापागाँई छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले भक्तपुरको कमेरोटारबाट पक्राउ गरेको हो । उनलाई वैदेशिक ठगीको कसुरमा १ वर्ष ६ महिना कैद र १ लाख ५० हजार रुपैयाँ जरिवानाको फैसला भएको थियो ।

यो बाहेन उनी चार वटा बैंकिङ कसुरको मुद्दामा फरार रहेको पाइएको अपराध अनुसन्धान कार्यालयका एसपी रामेश्वर कार्कीले बताए । उनीविरुद्ध जिल्ला प्रहरी कार्यालय दोलखामा २९ साउन २०८२ मा, जिल्ला प्रहरी परिसर ललितपुरमा २८ चैत २०८० मा, प्रहरी वृत्त कालिमाटीमा ९ असोज २०८० मा र प्रहरी वृत्त महाराजगञ्जमा १० फागुन २०८० मा बैंकिङको मुद्दा दायर भएको प्रहरीले बताएको छ ।

उनी यो सबै घटनामा फरार हुँदै आएका थिए । पक्राउ परेका चापागाँईलाई भने फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौंमार्फत कारागार पठाइएको छ ।

civil hospital
Hams Hospitals