एनसेल कार्यालयमा सिआइबीको छापा:गैरकानुनी सम्पत्ति लिलामी र विवादास्पद गतिविधिमाथि छानबिन तीव्र

279
shares

 

काठमाडौं । एनसेलको लैनचौरस्थित मुख्यालयमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) ले छापा मारेपछि देशको दूरसञ्चार क्षेत्र तरंगित बनेको छ ।

सिआईबी स्रोतका अनुसार दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलमाथि विभिन्न अनियमितता र विवादास्पद आर्थिक गतिविधिबारे अनुसन्धान अगाडि बढाइएको हो । अनुसन्धान टोलीले कम्पनीको मुख्यालयबाट महत्वपूर्ण कागजात समेत नियन्त्रणमा लिएको जनाएको छ।

स्रोतका अनुसार, एनसेलमाथि छानबिन अघि बढाउनुमा दूरसञ्चार प्राधिकरणको पत्राचार र अनियमिततासम्बन्धी अध्ययन गर्न गठित कार्यदलको प्रतिवेदन मुख्य आधार बनेको छ ।

विशेषगरी गैरकानुनी रूपमा स्मर्ट टेलिकमको सम्पत्ति लिलामी प्रक्रियामा संलग्न भएको आरोपपछि एनसेल विवादको केन्द्रमा पुगेको हो ।

त्यति मात्र होइन, शेयर बाँडफाँड र स्वामित्व हस्तान्तरणसँग जोडिएका विवादास्पद गतिविधिहरू समेत अनुसन्धानको दायरामा तानिएको सिआईबी स्रोतले जनाएको छ ।

“हामीले केही महत्वपूर्ण कागजात नियन्त्रणमा लिएका छौँ, अनुसन्धान जारी छ,” सिआईबी स्रोतले जनाएको छ ।

पछिल्लो घटनाले एनसेलमाथि विगतदेखि उठ्दै आएका कर, स्वामित्व, शेयर कारोबार र वित्तीय पारदर्शितासम्बन्धी विवाद फेरि एकपटक सतहमा ल्याएको छ । अहिले दूरसञ्चार र वित्तीय क्षेत्र दुवैमा यो घटनाले ठूलो तरंग पैदा गरेको छ ।

 

civil hospital
Hams Hospitals