सशस्त्र प्रहरीका १३ डीएसपी एसपीमा बढुवा सिफारिस [सूचीसहित]

1.1K
shares

काठमाडौं । सशस्त्र प्रहरीका १३ जना डीएसपीहरु एसपीमा बढुवा सिफारिस भएका छन् ।बढुवा समितिको बुधबारको निर्णयानुसार उनीहरुलाई एसपीमा बढुवा सिफारिस गरिएको हो ।सशस्त्र प्रहरी नियमावली, २०७२ को नियम ३९ को उपनियम (१) को (ग) वमोजिम ज्येष्ठता कायम हुने गरी बढुवा सिफारिस गरिएको बताइएको छ ।

साथै सोही नियमावलीको नियम ३८ को उपनियम (३) वमोजिम सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।बढुवा सिफारिस उपर चित्त नबुझे सशस्त्र प्रहरी नियमावलीको नियम ५५ मा व्यवस्था भए वमोजिम ७ दिन भित्र बढुवा उपरको उजुरी सुन्ने समिति समक्ष उजुरी दिन सक्नेछन् ।

civil hospital
Hams Hospitals