मानव अधिकार आयोगको प्रतिवेदन नै अपुरो, सिंहदरबारमा आगो झोस्नेको नामै छैन

285
shares

 

काठमाडौं । जेनजी आन्दोलनका क्रममा संलग्नहरूको दोष देखाउँदै मानव अधिकार आयोगले प्रतिवेदन सार्वजनिक गरेको विषय बाहिर आएको छ। जसमा तत्कालीन प्रधानमन्त्रीदेखि गृहमन्त्री हुँदै विभिन्न व्यक्तिलाई किटान गरिएको छ। तर, यो प्रतिवेदन नै अपुरो रहेको देखिएको छ।

सिंहदरबारमा बसेर मानिस उकास्दै आगो लगाउन अभिप्रेरित गर्नेहरूको नाम नै प्रतिवेदनमा नहुनुले पनि यो अपुरो भएको स्पष्ट हुन्छ। निकै चर्चामा रहेका माओवादी सम्बद्ध कलाकार चेतन सापकोटाको नाम प्रतिवेदनमा छैन। उनले भीडलाई उकास्दै सिंहदरबारमा आगो लगाउन लगाएको भिडियो नै चर्चामा थियो। दिउँसै मदिराको मातमा उनी सिंहदरबारको आगजनीमा संलग्न भएको फोटो र भिडियो छ्याप्छ्याप्ती छन्।

सिंहदरबार मात्र होइन, कान्तिपुर पत्रिकाको थापाथलीस्थित कार्यालयमा पुगेर पनि सापकोटाले आगो झोसेको देख्नेहरू बताउँछन्। कान्तिपुरमा आगो लगाएपछि ‘बल्ल मज्जा आयो’ भन्दै एक बोतल बियर लिएर बाटोमा बसेर खुसी मनाएको कान्तिपुरमा कार्यरत एक पत्रकार बताउँछन्।

केपी ओली सरकार ढाल्न माओवादीहरू नै संलग्न भएको जेनजी आन्दोलनमा धेरै माओवादी कार्यकर्ता सामेल थिए। तर, उनीहरूको नाम प्रतिवेदनमा समावेश नहुनुले पनि यसलाई अपुरो मान्न सकिने कान्तिपुरमा कार्यरत पौडेल थरका एक पत्रकार बताउँछन्।

सापकोटा माओवादी सुप्रिमो पुष्पकमल दाहालको आशीर्वादमा पटक–पटक सरकारी नियुक्ति पाउने माओवादी सम्बद्ध कलाकार हुन्। सिन्धुपाल्चोकका उनी अग्नि सापकोटा, माधव सापकोटा र रामप्रसाद सापकोटालाई रिझाएर नियुक्ति खाने व्यक्ति भएको सिन्धुपाल्चोकका एक कलाकार नारायण पौडेलले बताए।

civil hospital
Hams Hospitals