लघुकथा : विध्वंस

276
shares

 

“होसियार ! होसियार !! इन्क्लाब जिन्दावाद ! इन्क्लाब जिन्दावाद !!”

राज्यसङ्ग असन्तुष्ट पक्षले सडकमा नारा लगाए, जुलुस निकाले | उनीहरूले देशमा व्यवस्थित कार्यप्रणाली, सुशासन, पारदर्शीता, सुनिश्चित भविष्यको माग राखेका थिए | नेतृत्व गर्नेले पहिला माइकले भने, अरूले जिन्दावादले समर्थन जनाए भने असमर्थन मुर्दावादले गरेका थिए | उनीहरूले शान्त तवरले राज्य पक्षलाई दबाब दिन खोजेको प्रस्टै देखिन्थ्यो |

 

अपरिचित अनुहार हुलमा मिसियो | | सडक जाम भयो, बाटो अवरूद्ध गरे, गाडी छेउमा लामबद्ध लागे | ढुङ्गामुढा हुँन थाल्यो | तोडफोड, आगजनी लगायत ठुलै जनधनको क्षति भयो | शान्तिपूर्ण जुलुस अचानक छारस्ट हुँन पुग्यो | विध्वंसक गतिविधि बढ्यो, उघ्र रूप लियो |

 

नाइकेले सम्हाल्न सकेन, हिंसात्मक बन्यो, भागाभाग भयो, दौडधूप हुँन थाल्यो, कसैले टेरेनन् | नाइके पछि हट्यो, उसलाई दबाब आयो र औंला ठड्याउँदै भनियो, “ घटनाको पूर्ण जिम्मा तैले नै लिनुपर्छ |” ऊ भयभीत भयो

 

सुरूको संङगठन बिलायो, कोही घर फर्के त कोही अँध्यारो मुख लगाएर बसेका थिए | तेस्रो पक्षको सक्रियता बढ्यो | को के भन्ने कसैले सुइँको पाएनन् | नाइकेलाई निल्नु न ओकल्नु भयो | घटनाको पूर्ण जिम्मेवारी उसले नै लिनु पर्ने देखियो |

 

आँफू ताक्छु मुठो बन्चरो ताक्छ घुँडो भने झै भयो, नाइके शिथिल भयो, निराश देखियो | ऊ ठुस्स के बसेको थियो ? एकले कालो अनुहार लगाउँदै भन्यो, “मौकाको फाइदा लिने गिद्धे दृष्टि भएको चक्रव्यूहमा क्या नमज्जाले फसियो, यो विध्वंसको जिम्मा कस्ले लिन सक्छ हँ ?” ऊ मलिन भयो |

 

 

 

 

 

civil hospital
Hams Hospitals