रामेछापको लाछेवारमा ठूलो पहिरो : होटल र दुइवट पक्की पुल बगायो, हाइड्रोको ड्यामसाइडमा पनि क्षति

204
shares

 

 

रामेछाप । गएराति परेको अविरल वर्षापछि रामेछापको उमाकुण्ड गाउँपालिका–१ स्थित अन्तिम मानव बस्ती लाछेवार क्षेत्रमा ठूलो पहिरो गएको छ ।

 

स्थानीय ग्याल्जेन शेर्पाले दिएको जानकारीअनुसार पहिरो पछि ठाडोखोलामा आएको बाढीले लाछेवार क्षेत्रको एउटा होटल पूर्ण रूपमा बगाएको छ ।

 

यस्तै, दुगड हाइड्रोपावरको ७७ मेगावाट क्षमताको आयोजनाको ड्याम क्षेत्रमा समेत उल्लेखनीय क्षति पुगेको प्रारम्भिक जानकारी प्राप्त भएको छ ।

 

शेर्पाका अनुसार पहिरो तथा अविरल वर्षाका कारण उक्त क्षेत्रमा रहेका दुईवटा मोटरेबल पुल समेत बगाएको छ । पुल र सडकमा क्षति भएसँगै हाल लाछेवार जाने सम्पूर्ण सडक सम्पर्क अवरुद्ध भएको उनले जानकारी दिए ।

 

घटनाबाट भएको मानवीय तथा भौतिक क्षतिको विस्तृत विवरण भने आउन बाँकी छ । सम्बन्धित सरकारी तथा सुरक्षा निकायबाट घटनाबारे आधिकारिक विवरण सार्वजनिक भइसकेको छैन ।

 

अविरल वर्षासँगै पहिरोको जोखिम कायमै रहेकाले स्थानीयवासीलाई सुरक्षित रहन, अत्यावश्यकबाहेक अनावश्यक यात्रा नगर्न तथा सम्बन्धित निकायबाट जारी हुने आधिकारिक सूचनालाई पछ्याउन आग्रह गरिएको छ । घटनाबारे थप विवरण प्राप्त हुने क्रम जारी छ ।

civil hospital
Hams Hospitals