सरकारका सचिवको कार्यक्षेत्र हेरफेर 

708
shares

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्णबहादुर राउतलाई महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षा मन्त्रालयमा सरुवा गरिएको छ। उक्त मन्त्रालयकी सचिव राधिका अर्याललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय (अतिरिक्त) मा सरुवा गरिएको छ ।

 

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सचिवमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव नारायणप्रसाद शर्मा दुवाडीलाई ल्याइएको छ। डिल्लीराम शर्मा (यसअघि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा) लाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सरुवा गरिएको छ।

 

राष्ट्रिय सतर्कता केन्द्रका दीनानाथ मिश्रलाई नवगठित विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको सचिव बनाइएको छ । राष्ट्रिय सतर्कता केन्द्रमा पूर्वाधार विकास मन्त्रालय (यसअघि खानेपानी मन्त्रालय) का सचिव विश्वबाबु पुडासैनीलाई लगिएको छ ।

civil hospital
Hams Hospitals