बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी बौद्धबाट पक्राउ
वि.सं.२०८३ साउन १४ बिहीवार
165
shares
shares
काठमाडौं ।बैंकिङ कसुर मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका एक प्रतिवादीलाई प्रहरीले काठमाडौंको बौद्धबाट पक्राउ गरेको छ।
पक्राउ पर्नेमा संखुवासभाका स्थायी बासिन्दा तथा हाल काठमाडौं महानगरपालिका–६ बौद्ध बस्दै आएका ५९ वर्षीय दुर्गा बहादुर भण्डारी रहेका छन्।
जिल्ला अदालत काठमाडौंले २०८१ जेठ १७ गतेको फैसलामा उनलाई बैंकिङ कसुर मुद्दामा ८ दिन कैद तथा १७ लाख ५० हजार रुपैयाँ जरिवाना हुने फैसला गरेको थियो। त्यसयता फरार रहेका भण्डारीलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले बुधबार बौद्ध क्षेत्रबाट पक्राउ गरेको हो।
प्रहरीका अनुसार पक्राउ परेका भण्डारीलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको छ।





























