विदेश पठाइदिने भन्दै १० लाख ५० हजार ठगी गर्ने दुई जना पक्राउ
वि.सं.२०८३ साउन १४ बिहीवार
shares
काठमाडौं ।आकर्षक तलबको प्रलोभन देखाउँदै वैदेशिक रोजगारीका नाममा लाखौं रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा तेह्रथुम घर भई हाल काठमाडौं महानगरपालिका–३२ बस्दै आएका ४३ वर्षीय लाक्पा शेर्पा र नवलपरासी (पूर्व) घर भई काठमाडौं महानगरपालिका–२६ बस्दै आएकी ३९ वर्षीया कालिका रोक्का रहेका छन्।
प्रहरीका अनुसार लाक्पाले जर्जिया पठाइदिने भन्दै दुई जना पीडितबाट ५ लाख ५० हजार रुपैयाँ असुलेका थिए भने कालिका रोक्काले युके पठाइदिने भन्दै एक जना पीडितबाट ५ लाख रुपैयाँ लिई सम्पर्कविहीन भएकी थिइन्।
पीडितहरूको उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले दुवै जनालाई काठमाडौं महानगरपालिका–२६ बाट पक्राउ गरेको हो।
पक्राउ परेका उनीहरूलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल, काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।





























