नेपाली सेनाको हेलिकप्टरमार्फत घर ल्याइयो गणेश यादवको शव
वि.सं.२०८३ साउन १७ आइतवार
243
shares
shares
सिरहा । सुनसरी घटनाको विरोधमा सिरहाको गोलबजारमा भएको प्रदर्शनका क्रममा गोली लागेर ज्यान गुमाएका १५ वर्षीय गणेश यादवको शव नेपाली सेनाको हेलिकप्टरमार्फत शनिबार साँझ उनको घर पु¥याइएको छ।
औरही गाउँपालिका–२, तुलसियाहीस्थित निवासमा साँझ करिब ६ः२५ बजे हेलिकप्टरमार्फत शव ल्याइएपछि आफन्त, स्थानीयवासी तथा शुभेच्छुकहरू अन्तिम श्रद्धाञ्जली अर्पण गर्न भेला भएका छन्।
परिवारका अनुसार हिन्दू परम्पराअनुसार आवश्यक धार्मिक विधि पूरा गरी आजै गागन खोलाको किनारमा गणेश यादवको अन्त्येष्टि गरिने तयारी गरिएको छ।
गोलबजारमा भएको प्रदर्शनका क्रममा गोली लागेर गम्भीर घाइते भएका गणेश यादवको उपचारका क्रममा मृत्यु भएको थियो। घटनापछि उक्त विषयले स्थानीयस्तरमा व्यापक चासो र चर्चा पाएको छ।





























