पोखरा विमानस्थलमा कर छुट दिने पूर्वसचिवलाइ चार लाख धरौटी
वि.सं.२०८३ साउन २० बुधवार
shares
काठमाडौं । विशेष अदालतले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा कर छुट दिइएको विषयसँग सम्बन्धित भ्रष्टाचार मुद्दामा तत्कालीन पर्यटन सचिव महेश्वर न्यौपानेलाई ४ लाख ५० हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ।
विशेष अदालतका अध्यक्ष बासुदेव आचार्य तथा सदस्यहरू उमेश कोइराला र विदुर कोइरालाको संयुक्त इजलासले प्रारम्भिक सुनुवाइपछि न्यौपानेसँग ४ लाख ५० हजार रुपैयाँ धरौटी माग गर्ने आदेश दिएको हो। अदालतले तोकिएको धरौटी बुझाएपछि उनी रिहा भएका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा कानुनविपरीत कर छुट प्रदान गरी राज्यलाई नोक्सानी पुर्याएको आरोपमा तत्कालीन पदाधिकारीहरुविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो।
उक्त मुद्दामा अन्य प्रतिवादीहरूको हकमा अदालतले दिएको आदेश भने फरक–फरक रहेको छ। मुद्दाको थप सुनुवाइ विशेष अदालतमा जारी रहनेछ।


























