Banner ad for NADA AUTO SHOW -2026

लघुकथा : चिन्तन

345
shares

 

 

“आँखा झमक्क भएनँ ।“

समयको माग भनौँ कि आवश्यकता । सबैलाई स्मार्ट फोन चाहिएको छ, सुविधायुक्त प्रविधि चलाउँने भएका छन् । व्यस्त छन्,सामाजिक सञ्जालमै सबै कुरा आउँने भयो । को कहाँ के किन भन्ने कुतुहलता पनि त्यसैले मेटाएको छ, अनि नचाएको पनि ।

 

एक्लोपनको साथी भएको छ । अल्छी लाग्दा,एक्लै हुँदा, निन्द्रा नपर्दा सबै बिर्साएको छ, समय बितेको पत्तै हुदैन । सम्बन्ध बनाउँन होस् या बिगार्न सबै जानेको छ ।

 

मैले टिकटक, इन्स्ट्राग्राम स्क्रोलिङ गर्दै थिएँ । कहीं नाचेका, हाँसेका, रमाएका फोटा भिडियाहरू आए । भने कहीं बिछोडका, रोदनका, जीवनको परम सत्य, अपत्यारिला,बीभत्स घटना पनि देखिन्थ्यो । हेर्दे थिएँ, बेचैनी भयो, “औँलाले झिजो मान्यो, छट्पटी भयो,मोबाइल फालेँ । मनमा अनेक तर्कना आएँ, खलखली पसिना आयो, आखिर किन ।“ आफैले प्रश्न गरेँ,सोच्नै सकिनँ, दिमाग ह्याङ भयो ।

 

गुरूले भनेका कुरा सम्झिएँ, मन एकाग्र पारेँ, ध्यानमा बसेँ । नेपथ्यबाट मधुर आवाज आयो, “के भयो, किन खैलाबैला, सबै छरपस्ट देख्छु त, मन लागेन ?”लगातार ध्वनि गुञ्जियो ।

मैले भनेँ, “अहँ, कुरा परिरहन्छ, कहिले के त कहिले के ? शान्त छैन ।“ बताएँ

फेरि नाद मस्तिष्कमा ठोकियो, “किन यति लापरवाह हुन्छौ हँ ? खानपान,व्यायाम, जीवनशैली फेर, तालमेल मिलाऊ, प्रक्रृतिमा रमाऊ । त्यो तिम्रो समस्या हो, बुझ ।“ उसले सचेत गरायो

 

मैले प्रतिप्रश्न गरेँ, “कसरी ?”

 

प्रतिध्वनि सुनियो, “यम र नियमको पालना गर, सामाजिक अनुशासन र आत्मअनुशासन,अष्टाङ्ग योगले प्रतिकूल ऊर्जा नष्ट हुन्छ । मस्तिष्क खाली हुन्छ अनि नवीन विचार भर । सफलताको कामना गर्यो, श्वेत बिन्दु विलिन भयो ।“

 

म गम्भीर भएँ, विचार गरेँ, “अष्टाङ्ग योगद्वारा मानव मस्तिष्कलाई प्रविधि जसरी बेलाबेलामा रिफ्रेस, अपडेट, रिसेट गर्नु आवश्यक हुँने रहेछ, के गर्न नसकिएला ?” लामो सास तानेँ, चिन्तन गरेँ

civil hospital
Hams Hospitals